१२ जेठ, काठमाडौं ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छन्। उनी तीनतले घरको डेरामा एक्लै बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार शाही बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरमा डेरा लिएर बस्दै आएकी थिइन्। दिउँसो १ बजेर ५० मिनेट जाँदा कोठाको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र जनप्रतिनिधिको उपस्थितिमा ढोका फोरेर हेर्दा शाही मृत अवस्थामा फेला परेकी हुन्।
घटनास्थलमा भेटियो दुई पृष्ठको सुसाइड नोट
शाहीको कोठाबाट प्रहरीले दुई पृष्ठ लामो सुसाइड नोट समेत फेला पारेको छ। यद्यपि, सो नोट शाहीले नै लेखेकी हुन् भन्ने पुष्टि भने अनुसन्धानपछि मात्र हुने प्रहरीले जनाएको छ।
एक अनुसन्धान अधिकृतका अनुसार, उक्त सुसाइड नोटमा शाहीले आफ्ना छोरालाई सम्बोधन गर्दै “छोरा, मैले बाँचेर पनि तिम्रो लागि केही गर्न सकिनँ। अब बाँच्नुको अर्थ पनि भएन। सरी।” भन्ने भाव व्यक्त गरेकी छिन्।
छोरा अमेरिका, आमा एक्लै डेरामा
प्रहरीका अनुसार शाहीका छोरा अमेरिकामा छन्। उनी एक्लै डेरामा बस्दै आएकी थिइन्। शवको पोस्टमार्टमका लागि पठाइसकिएको प्रहरीले जनाएको छ र घटनाको अनुसन्धान भइरहेको छ।
पहिलेदेखि चर्चामा रहेकी पीडित
रोशनी शाही पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रकरणकी मुख्य पीडित थिइन्। उक्त घटनाले देशभर चासोको विषय बनाएको थियो। यद्यपि पछि महरा अदालतबाट सफाइ पाए। त्यसपछि शाही सार्वजनिक रूपमा निकै कम देखिएकी थिइन्।
अनुसन्धान जारी
शाहीको मृत्यु आत्महत्या हो वा अरु कारणले भएको हो भन्नेबारे विस्तृत अनुसन्धान अघि बढाइएको एसपी माधव बुढाथोकीले जानकारी दिएका छन्। सुसाइड नोट फरेन्सिक परीक्षणमा पठाउने तयारी भइरहेको छ।
#RoshaniShahi #SuicideNote #BhaktapurNews #NepalCrime #KrisnaBahadurMharaCase #NepaliNews #WomensRightsNepal #MentalHealthAwareness #NepalUpdates