मिर्चैयामा मोटर पार्ट्स पसलमा भीषण आगलागी, ७० लाख रुपैयाँभन्दा बढीको क्षति

मिर्चैयामा मोटर पार्ट्स पसलमा भीषण आगलागी, ७० लाख रुपैयाँभन्दा बढीको क्षति

सिरहा जिल्लाको मिर्चैया नगरपालिका–५ स्थित संस्था चोकमा रहेको मोटर पार्ट्सको दुईवटा पसलमा गएराति भीषण आगलागी भएको छ। विद्युत् सर्ट सर्किटका कारण भएको अनुमान गरिएको उक्त आगलागीमा करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

यादव ब्रदर्स र एस ट्रेडर्स पूर्णरूपमा जलेर नष्ट

आगलागी ‘यादव ब्रदर्स अटो ट्रेडर्स’‘एस ट्रेडर्स एन्ड सप्लायर्स’ नामका मोटर पार्ट्स व्यवसायहरूमा राति १०:४५ बजे तिर भएको हो। पसलमा रहेका मोटरसाइकल, अटो रिक्सालगायतका सवारीसाधनका पार्टपुर्जा, ब्याट्री, मोबिल, टायर र अन्य सामाग्रीहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेशराज पुरीका अनुसार, “पसलमा कोही नभएको अवस्थामा अचानक विद्युत् सर्ट भई आगलागी भएको देखिन्छ। सूचना प्राप्त भएपछि प्रहरीले तुरुन्तै मिर्चैया नगरपालिका र स्थानीय सहयोगीहरूको सहकार्यमा आगो नियन्त्रणमा लिएको हो।”

जेसीबी र वारुणयन्त्र प्रयोग गरेर नियन्त्रण

डिएसपी पुरीले आगो नियन्त्रण गर्न मिर्चैया नगरपालिकाको दमकल, प्रहरी बल, स्थानीय बासिन्दा, साथै जेसीबी मेसिन प्रयोग गरिएको जानकारी दिए। यद्यपि आगो निकै बलियो भएकोले नियन्त्रणमा लिन करिब २ घण्टा लाग्यो। भाग्यवश, मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

व्यवसायीलाई ठुलो आर्थिक झट्का

पसल सञ्चालकहरूका अनुसार, उनीहरूले स्टकमा राखेका अधिकांश सामग्री आगलागीमा जलेर नष्ट भएका छन्। अनुमानित रूपमा ७० लाखभन्दा बढी को आर्थिक क्षति भएको बताइएको छ। व्यवसायीहरूले राज्यबाट तत्काल राहतको माग गरेका छन्।


#MirchaiyaFire #SaptariNews #SarlahiNews #MotorPartsFire #YadavBrothersAuto #STradersMirchaiya #ElectricShortCircuit #NepalFireNews #BusinessLossNepal #SaptariUpdates #SirahaNews

समन्धित समाचार