नातिसँगै नारायणहिटी दरबार गए पूर्वराजा ज्ञानेन्द्र शाह

41

पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन्। नाति हृदयन्द्रलाई लिएर आमा रत्न शाहलाई भेट्न उनी शनिबार नारायणहिटी गएका हुन्।

पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार हृदयन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन्।

ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।

संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए। तर, रत्न भने नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छन्।

समन्धित समाचार