भिजिट भिसा प्रकरणबारे दुई/चार दिनपछि बोल्छु: गृहमन्त्री

8

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे दुई/चार दिनपछि बोल्ने बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयले भने आजै विज्ञप्ति निकाल्ने तर आफूले भने केही दिनपछि मात्रै बोल्ने बताएका हुन् ।

‘काठमाडौं गइसकेपछि आज मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई/चार दिनमा आफैं पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ,’– उनले भने ।

आफूले अहिलेसम्म गलत काम नगरेको र गलत काम गरेको दिनदेखि राजनीतिमा देखा नपर्ने उनले बताए । गृहमन्त्री लेखकले भने ‘मैले जीवनभरी राजनीति गर्दा कुनै पनि साथीको मन सानो हुने र टाउको निहुँरिने काम गर्दिनँ ।’

समन्धित समाचार