परराष्ट्रमन्त्री डा. आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
९ जेठ, काठमाडौँ
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग टोकियोस्थित मुख्यालयमा भेटवार्ता गर्नुभयो।
भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो। मन्त्री डा. राणाले नेपाललाई दीर्घकालीन सहयोग पुर्याएकोमा जापान सरकार र जाइका प्रति धन्यवाद व्यक्त गर्दै नागढुंगा सुरुङमार्ग निर्माण, सिन्धुली–बर्दिबास सडक सुधारलगायतका परियोजनाको प्रशंसा गर्नुभयो।
भेटवार्तामा जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकका विषयमा समेत छलफल भएको जनाइएको छ।