बैतडीमा भूकम्पको दोहोरो धक्का, क्षतिको विवरण आउँदै

earthaquake bhukampa

बैतडी जिल्लामा आज बिहान दुई पटक भूकम्पको झट्का महसुस गरिएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका अनुसार, पहिलो भूकम्प बिहान १:४८ बजे र दोस्रो २:०० बजे खलङ्गा सदरमुकामलाई केन्द्रबिन्दु बनाएर गएको हो। पहिलो भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल र दोस्रोको तीव्रता ३.७ रेक्टर स्केल मापन गरिएको छ।

भूकम्पको झट्का बैतडी मात्र होइन, छिमेकी जिल्ला दार्चुला, बझाङ र डडेल्धुरा क्षेत्रसम्म महसुस गरिएको थियो। भूकम्पको दोहोरो झट्कापछि स्थानीयवासीहरू रातभर जाग्राम बसेका थिए। कतिपय स्थानमा घरहरू चर्किएका र पुराना संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ, यद्यपि मानवीय क्षतिको विवरण अझै पुष्टि हुन बाँकी छ। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूले स्थलगत अनुगमन सुरू गरेका छन्।

स्थानीय प्रशासनका अनुसार, विपद् व्यवस्थापन समिति सक्रिय पारिएको छ र सम्भावित पराकम्पनलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

समन्धित समाचार