नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

402 1

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायरमा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

समन्धित समाचार