महिला टी-२० विश्वकप एसिया छनोटः आज नेपालले थाइल्याण्डसँग खेल्दै

15 1

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । खेल बिहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् ।

सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।

समन्धित समाचार