सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो । विष्टमाथि सर्वोच्च अदालतको नामबाट अनधिकृतरूपमा पत्र तयार पारी नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन दिँदै डिल्लीबजार कारागार चलान गर्न भनेको आरोप छ । पत्र बोकेर उनी आफैं जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए ।
उक्त पत्रको आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी कारागारसम्म पुर्याएको थियो । तर, पछि पत्र आधिकारिक नभएको प्रमाणित भएपछि चौधरी रिहा भएका थिए भने उक्त पत्र लेखेको अभियोगमा विष्ट पक्राउ परेका थिए ।