आइपिएलमा लखनउ र हैदराबाद भिड्दै

804

 इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ दौडबाट बाहिरिसकेको सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट्सबीच आज खेल हुँदैछ।

लखनउको एकाना स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) र पन्जाब किङ्स प्ले अफमा पुगिसक्दा अब प्ले अफको लागि मात्र एक टोलीको लागि मौका बाँकी छ। जसको लागि मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स र लखनउबीच प्रतिस्पर्धा हुनेछ।

लखनउको प्ले अफ पुग्ने संभावना रहेको छ। जसको लागि उसले बाँकी आफ्नो तीन खेल जित्नुपर्नेछ। साथै रन रेटमा लखनउ केहि कमजोर छ। त्यसैले अन्य टोलीको नतिजा पनि उसको लागि महत्वपूर्ण हुनेछ। प्ले अफ संभावनालाई कायमै राख्न हैदरबादको चुनौती पन्छाउनुपर्नेछ‌।

यो सिजन लखनउको प्रदर्शन उतारचढावयुक्त रह्यो। जहाँ मिचेल मार्श र निकोलस पुरनले राम्रो सुरुवात गरे पनि विस्तारै उनीहरुको प्रदर्शन कमजोर हुँदै गयो।

साथै आइपिल इतिहासको सबैभन्दा महँगो खेलाडी तथा कप्तान ऋषभ पन्तले ११ खेलमा जम्मा १ सय २६ रन मात्रै बनाएर निराश पारेका छन्।

प्लेअफ दौडबाट बाहिरिसकेको हैदराबादका लागि गुमाउन केही बाँकी छैन । लखनउले ११ खेलबाट १० अंक बनाएको छ‌। हैदराबादको मात्र ७ अंक छ।

समन्धित समाचार