प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफू राजनीतिमा नआउने प्रष्ट पारेकी छन् ।
आज आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने सङ्केत गरिन । उनले भनिन, ‘तपाईँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरूका प्रश्न आएका छन् ।
यसमा सबै जना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउँछु र । के पाउँछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला ।’
उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता-कता प्रश्न गरेको सुनेको पनि बताइन । उनले भनिन,‘मलाई केपी ओलीले राजनीतिमा आऊ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन । आफू राजनीति गर्न भनेर आएको पनि होइन ।