वर्डक्याम्प पोखरा २०२५ जेष्ठ ३०–३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने

53464412262 71fb1bbaf7 o


वर्डक्याम्प पोखरा २०२५ जेष्ठ ३०–३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएकाे छ।

पोखरा, गण्डकी — नेपालको प्राविधिक क्षेत्रमा नयाँ सोच र सिर्जनशीलताको प्रवर्द्धन गर्दै आएको वर्डप्रेस नेपाल ले आउँदो जेष्ठ ३० र ३१ गते (June 13–14, 2025) वर्डक्याम्प पोखरा २०२५ आयोजना गर्ने भएको छ। कार्यक्रमको आयोजना पोखरा इभेन्ट सेन्टर, बुलौंदी, पोखरा मा हुनेछ।

सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आएको वर्डप्रेस समुदायले यसपटक पोखरामा तेस्रो संस्करण आयोजना गर्न लागेको हो। यस कार्यक्रममार्फत प्रविधिमा रुचि राख्ने व्यक्ति, वेब डेभलपर, डिजाइनर, ब्लगर, डिजिटल मार्केटर, उद्यमी तथा विद्यार्थीहरूले अनुभव आदानप्रदान गर्ने, नयाँ प्रविधिहरू बुझ्ने र आपसी नेटवर्क विस्तार गर्ने अवसर प्राप्त गर्नेछन्।

वर्डक्याम्प पोखरा २०२५ मा नेपालका विभिन्न शहरहरू तथा विदेशबाट समेत सहभागीहरू आउने अपेक्षा गरिएको छ। सम्मेलनमा वेब प्रविधि, डिजिटल समावेशीकरण, पहुँचयोग्यता (accessibility), साइबर सुरक्षालगायतका विषयमा विभिन्न सत्रहरू सञ्चालन हुनेछन्।

पहिलो दिन (जेष्ठ ३०) मा विभिन्न कार्यशाला, नेटवर्किङ कार्यक्रम र स्थानीय समुदायसँग अन्तरक्रिया हुनेछन् भने,
दोस्रो दिन (जेष्ठ ३१) मा मुख्य सम्मेलन, प्रस्तुतीहरू, प्यानल छलफल र अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुनेछन्।

वर्डक्याम्पको मुख्य उद्देश्य नेपालमा प्रविधि र नवप्रवर्तनको संस्कारलाई बलियो बनाउनु हो। कार्यक्रममा स्वदेशी तथा विदेशी वक्ताहरूले आफ्नो ज्ञान र अनुभव बाँड्नेछन्। यसपटक अनुमानित ८०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहने आयोजक समितिले जनाएको छ।

वर्डक्याम्प पोखरा २०२५ ले डिजिटल पहुँच, मुक्त स्रोत प्रविधिको प्रवर्द्धन, समावेशी प्रविधिको उपयोग र स्थानीय समुदायको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउनेछ।

थप जानकारी तथा टिकट बुकिङका लागि: pokhara.wordcamp.org

प्रस्तुति: वर्डक्याम्प पोखरा २०२५ आयोजक समिति


समन्धित समाचार