दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन

714

दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ ।

गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो ।निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन् । जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक / एक जना रहेका छन् ।

उनीहरूलाई गत मे १६ तारिखमा नेपाल फर्काइएको हो । स्रोतका अनुसार कोरियन एयरलायन्सको विमानबाट उनीहरूलाई काठमाडौं ल्याइइएको हो ।त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा थापा, तिवारी पुन, अधिकारी, पुन र घर्ती क्षेत्री थरका एक / एक जना रहेका छन् । स्रोतका अनुसार उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो ।  

समन्धित समाचार