महिला टी-२० विश्वकप छनोट सुपर-३: नेपाल र यूएई आज भिड्दै

402 1

थाइल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर-३ चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।

खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाल समूह ‘सी’ को विजेताको रूपमा, यूएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेताको रूपमा सुपर-३ मा प्रवेश गरेका हुन् ।

यूएईसँगको खेलपछि नेपालले सुपर-३ अन्तर्गत आफ्नो दोस्रो खेल मङ्गलबार आयोजक थाइल्यान्डसँग खेल्ने तालिका छ। यस चरणमा सहभागी तीनवटै टोलीले एकआपसमा एक-एक खेल खेल्नेछन्।

शीर्ष दुई स्थानमा रहने टोलीले आगामी महिला टी-२० विश्वकपको विश्वव्यापी छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन्। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ।

समन्धित समाचार