स्याउ बोक्ने कन्टेनरमा साढे ७ किलो सुन बरामद

711

 रसुवामा प्रहरीले स्याउ बोकेको कन्टेनरमा लुकाएर तस्करी गर्न खोजिएको ७ किलो ६ सय ५३ ग्राम सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट आएको ना ४ ख ६२०१ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा सुन फेला पारेको हो । ड्राइभर बस्ने क्याबिनको माथिल्लो भागमा सुन लुकाइएको थियो । 

सुनसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, उनकाे परिचय हाल सार्वजनिक गरिएको छैन । प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको छ । 

समन्धित समाचार