सुदूरपश्चिम प्रदेश सकरारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजीर मियाँले नवनियुक्त मन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम मुख्यमन्त्रीले चौधरीलाई आज मन्त्री नियुक्त गरेका थिए । सुदूरपश्मि प्रदेश सभामा नाउपा चौथो ठूलो दल हो ।