सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज थुनामै रहने आदेश सर्वोच्चद्वारा सदर

707

सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई थुनामै राख्ने विशेष अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि निरन्तरता दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तल्लो अदालतले दिएको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध तामाङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर, न्यायाधीश नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दामा कानुनअनुसार प्रक्रिया अघि बढाउन आदेश दिँदै थुनामै राख्ने अघिल्लो आदेशलाई निरन्तरता दिएको हो ।

तामाङले गत माघ तेस्रो साता सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनीमाथि सिभिल सहकारीका हजारौँ बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छन् । 

समन्धित समाचार