विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश

education bill report

काठमाडौँ, ४ जेठ २०८१विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आज संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा औपचारिक रूपमा पेश गरिएको छ। उपसमितिले विधेयकमाथि व्यापक छलफल र विश्लेषणपछि यो प्रतिवेदन पेश गरेको हो।

समितिले प्रतिवेदन तयार गर्न उपसमितिलाई चैत ८ गते ३५ दिनको समय दिएको थियो भने वैशाख २२ गते थप १० दिनको समय थप गरिएको थियो। कुल ४५ दिनसम्म उपसमितिले विधेयकको विभिन्न पक्षमा छलफल गरी प्रतिवेदन तयार पारेको हो।

ऐन ल्याउन दबाब

सरकार र शिक्षक महासंघबीचको सहमति अनुसार असार १५ भित्र ऐन ल्याउने प्रतिबद्धता रहेको छ। सोही कारणले उपसमिति गठन गरी दवाफार छलफल गरिएको हो।

अब के हुन्छ?

प्रतिवेदन समितिमा पेश भएसँगै अब औपचारिक रूपमा विधेयक संसदमा पेस हुने र त्यसपछि छलफलमार्फत पारित गर्ने प्रक्रिया अघि बढ्नेछ। विद्यालय शिक्षा विधेयकले संघीय ढाँचाअनुसार शिक्षा क्षेत्रलाई पुनःसंरचना गर्ने, शिक्षक व्यवस्थापन, पाठ्यक्रम र स्थानीय सरकारको भूमिकालाई स्पष्ट गर्ने अपेक्षा गरिएको छ।

समन्धित समाचार