नवलपरासीमा रुखले च्यापेर दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

sunwal death 1

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७, चारपाला क्षेत्रमा रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

शुक्रबार अपराह्न हावाहुरी र पानी परेपछि प्रतीक्षालयमा बसिरहेका स्थानीयहरूमाथि ठूलो रुख ढलेको हो। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार, घटनामा ३० वर्षीया मीरा बयम्बु४० वर्षीय दुर्गा बहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा घाइते हुनेहरूमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा, र २२ वर्षीय अनिल थापा रहेका छन्। उनीहरूको उपचार रूपन्देहीस्थित देवदह मेडिकल कलेजमा भइरहेको छ।

हावाहुरीका कारण प्रतीक्षालयमाथि ठूलो रुख ढलेर प्रतीक्षालयसमेत भत्किएको प्रहरीले जनाएको छ।

शुक्रबार अपराह्न नवलपरासीसहित आसपासका जिल्लामा तीव्र हावाहुरीसहित वर्षा भएको थियो। हाल मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

समन्धित समाचार