काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने जानकारी दिनुभएको छ।
प्रमुख सचेतक घिमिरेका अनुसार बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल तथा समसामयिक राजनीतिक र राष्ट्रिय विषयहरूमा विचार–विमर्श गरिनेछ।