इजरायलले गाजामा गरेको भिषण हवाइ हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ। गाजाको दक्षिणी क्षेत्रमा नौभन्दा बढी स्थानहरूमा आक्रमण भएको जनाइएको छ। इजरायलले गाजा सिटीका केही भाग खाली गर्न आदेश दिएसँगै यो हमला भएको हो।
यो आक्रमण त्यहीबेला भएको छ, जब इजरायलले गाजामा मानवीय सहायता पुग्न नदिने नाकाबन्दी जारी राखेको जनाइएको छ। पछिल्ला १० हप्तादेखि कुनै पनि राहत सामग्री त्यो क्षेत्रमा भित्रिन नदिइएको बनाइएको छ।
बीबीसीका अनुसार ‘त्यहाँ भोकमरीको यति ठूलो पीडा छ कि भोकका कारण मानिसहरु उभिएर हिड्न सक्दैनन्।’ गाजामा काम गरिरहेका १० भन्दा बढी सहायता संस्थाहरूले पनि मानवीय अवस्था झन् गम्भीर बन्दै गएको बताएका छन्।
दुई वर्षअघि ७ अक्टोबरमा कम्तीमा १ हजार २०० जनाको ज्यान गएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसको प्रतिकारस्वरूप इजरायलले चलाएको सैन्य अभियानमा अहिलेसम्म कम्तीमा ५२ हजार ८२९ जना गाजावासीले ज्यान गुमाइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।