आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटयो

1 1

 आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

समन्धित समाचार