खुकुरी प्रहार गरी श्रीमतीको हत्या

1003

झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । कनकाई नगरपालिका–२ सुकेडाँगी निवासी ३५ वर्षीय कविराज हेमरमले आफ्नै श्रीमती ३४ वर्षीया पूजा हेमरममाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार गएराति अन्दाजी ११:२० बजेको समयमा कविराजले झैझगडा पश्चात् आफू सुत्ने कोठामा श्रीमती पूजालाई खुकुरीले घाँटीमा प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनापछि फरार रहेका कविराजलाई प्रहरीले सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको थियो । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

समन्धित समाचार