प्रधानमन्त्रीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने

 प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्युबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछ । राष्ट्रियसभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आईतवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीँ स्थगित हुनेछ ।’’

राष्ट्रियसभाको अर्को बैठक वैशाख २८ गते आइतबार दिउँसो सवा १ बजे बस्नेछ ।