रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै, प्रहरीको थप म्याद माग्ने तयारी

durga prasai rabindra mishra

२१ वैशाख, काठमाडौं — १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र जनकमाण्डर दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदैछ।

जिल्ला प्रहरी परिसर, काठमाडौं का अनुसार, १४ वैशाखमा अनुसन्धानका लागि सात दिनको म्याद पाएपछि आज सो म्याद सकिँदैछ। अनुसन्धान अझै नसकिएकाले थप म्यादको अनुमति माग्ने तयारी गरिएको एसपी अपिल बोहोराले जानकारी दिए।

राजद्रोहदेखि ज्यान मार्ने उद्योगसम्मको आरोप

प्रसाईंमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोह लगायतका गम्भीर मुद्दा लगाइएको छ। उनी भारतबाट पक्राउ गरी नेपाल ल्याइएका थिए।

मिश्रलाई राजद्रोह र संगठित अपराध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ। उनी चैत १५ मै पक्राउ परेका थिए।

सांसद धवलशमशेर राणा छुटे

उक्त घटनामा मिश्रसँगै पक्राउ परेका राप्रपा सांसद धवलशमशेर राणालाई भने स्वास्थ्य कारण देखाउँदै दुई साताअघि प्रहरीले रिहा गरिसकेको छ। छुटेपछि राणा राप्रपाको सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए।

समन्धित समाचार