सुन तोलामा ४६ सयले घट्यो

 नेपाली बजारमा सुनको मूल्य घटेको छ । विहिबार एकैदिन तोलामा ४६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एकलाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।