१३ वैशाख, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्न सरकार तयार नभएको आरोप लगाएका छन्। उनले प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको कार्यशैलीको तीव्र आलोचना गरे।
प्रचण्डले सरकारमाथि शिक्षकहरूलाई अपमानित गर्ने र उनीहरूको हकको रक्षामा लापरवाही गर्ने आरोप लगाएका छन्। उनले भनें, “सरकार लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ। शिक्षकसँग भएका सहमतिहरू अनुसार ऐन दिनैपर्छ र त्यसका लागि छोटो बाटोबाट जानुपर्छ।”
उनले थपे, “शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण पनि सरकारले काम गर्नुपर्छ। अदालतले पनि आदेश जारी गरिसकेको छ, तर त्यसमाथि पनि सरकार कुनै ठोस कदम उठाउँदैन। यसलाई समाधान गर्नका लागि सरकार तयार देखिँदैन।”
प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि माओवादी केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सरकारको असंवेदनशीलता र ढिलाइको विरोध गरे। उनले भने, “हामीले सडक, सदन र मोर्चाबाट पनि देशको विषम राजनीतिलाई सहजीकरण गर्ने जिम्मेवारी पूरा गर्नुपर्नेछ।”
उनले शिक्षकहरूको अधिकार र मांगलाई सम्बोधन नगरेमा शैक्षिक प्रणालीमा नकरात्मक असर पर्ने बताउँदै सरकारलाई चिढ़ाएको छ। प्रचण्डले शिक्षकहरूलाई आफ्ना अधिकारका लागि संघर्ष गर्न प्रेरित गरेका छन् र उनका माग पूरा गराउने अभियानमा माओवादी केन्द्रको साथ रहेको स्पष्ट पारेका छन्।
शिक्षक महासंघको आन्दोलन र सरकारको लापरवाहीको बीचमा प्रचण्डको यो वक्तव्य शिक्षकहरूको पक्षमा नयाँ उर्जा र समर्थनको रूपमा देखा परेको छ।