शंखरापुर वडा नं ३ मा ७ दिने हर्पिक, फिनेल, एरियल सरफ र चारपाटे साबुन बनाउने तालिम सम्पन्न

IMG 20250423 WA0001

शंखरापुर नगरपालिका वडा नं ३ मा स्थानीय दिदीबहिनी तथा दाजुभाइहरूलाई लक्षित गरी हर्पिक, फिनेल, एरियल सरफ र चारपाटे साबुन बनाउने सात दिने सिपमूलक तालिम सम्पन्न भएको छ।

आत्मनिर्भर र स्वरोजगार बन्न सक्ने उद्देश्यले सञ्चालित यो तालिम वडा नं ३ को आर्थिक सहयोगमा उधमशिल महिला समूहको आयोजनामा बैशाख ३ गतेदेखि सुरु भई बैशाख ९ गतेसम्म सञ्चालन भएको हो। तालिममा प्रमुख प्रशिक्षक रिजना श्रेष्ठ र सहायक प्रशिक्षक मिनादेवी खड्काले सहभागीहरूलाई आवश्यक सीप प्रदान गरेका थिए ।

महिला समुहकी अध्यक्ष मेनुक सुवेदीको सभापतित्वमा सम्पन्न भएको सो तालिममा वडा अध्यक्ष सुर्य बहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा वडा सदस्य तिउरी माया वाइबा, तालिम संयोजक संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिका अध्यक्ष दिलमाया तामाङ, तालिम सहायक प्रशिक्षक मिनादेवी खड्का, मुग्लानी खबरका सञ्चालक गणेश क्षेत्री, मिडियाकर्मी तथा व्यवसायी शंकर प्रसाद पाण्डे लगायत तालिममा सहभागी दर्जनौं व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष तामाङले तालिमले स्थानीय युवा तथा दिदीबहिनीहरूको स्वरोजगार, व्यावसायिकता र आत्मनिर्भर बन्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिकेका सीपहरूलाई दैनिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले विदेश जानुपर्ने बाध्यता हटाउँदै यस्ता तालिमहरूले स्वरोजगारको बाटो खोल्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि आवश्यक अनुसार यस्ता तालिमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

यस्तै, तालिम संयोजक संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिका अध्यक्ष दिलमाया तामाङले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउनु आफूहरूको उद्देश्य रहेको बताउँदै विगत लामो समयदेखि विभिन्न क्षेत्रमा तालिम तथा प्रशिक्षण प्रदान गर्दै आएको जानकारी दिनुभयो। साथै, आवश्यकता परे कुनै पनि बेला जस्तोसुकै सहयोग गर्न आफूहरू सधैँ तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रमको अन्त्यमा सात दिनसम्म तालिममा सहभागी भई सिकेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, तालिममा उत्पादन गरिएका सामग्रीहरू मायाको चिनो स्वरूप वितरण गरिनुका साथै, साबुन उत्पादनका लागि आवश्यक मेसिन तथा उपकरणहरू प्रमुख अतिथिको हातबाट समूहकी अध्यक्ष मेनुका सुवेदीलाई हस्तान्तरण गरिएको थियो।

समन्धित समाचार