आईसीसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेलमा घरेलु टिम नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
तल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । नेपाल र अफगानिस्तानबीचको विजेता अर्को वर्ष जिम्बाब्बे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछ । त्यसैले पनि विश्वकपका लागि छनोट हुन नेपालले अफगानिस्तानलाई हराउनै पर्ने हुन्छ ।
विश्वकप एसिय छनोटमा नेपाल र अफगानिस्तानले समान तीन-तीन खेल जितेका छन् । त्यसैले विश्वकपमा छनोट हुन एकले अर्कोलाई हराउनै पर्ने छ ।
नेपाल र अफगानिस्तान दुवैले यूएई, ओमान र हङकङलाई हराएका थिए ।
अफगानिस्तानले नेट रनरेटका आधारमा पहिलो स्थानमा र नेपाल दोस्रो स्थानमा छ ।