काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ ।
खेल तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हुनेछ ।नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ ।
पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।