वीरगञ्जमा दुई समुदायबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

115

पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । छपकैया क्षेत्रमा दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको हो । हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्रा छपकैया पुग्दा झडप भएको हो । छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन् ।

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीय कृषनन्दन साहले जानकारी दिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजाआराधना, हनुमान चालिसा पाठ, तथा धार्मिक शोभायात्राको आयोजना हुँदै आएको छ ।

समन्धित समाचार