आईपीएलमा चेन्नाईमाथि कोलकाता नाइट राइडर्सको सानदार जित

203

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्समाथि सानदार जित निकालेको छ ।

एम ए चिदम्बरम स्टेडियममा भएको खेलमा कोलकाता नाइट राइडर्सले घरेलु टिम चेन्नाई सुपर किंग्समाथि ८ विकेटको जित निकालेको हो ।

चेन्नाईले दिएको १०४ रनको झिनो लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । कोलकाताका लागि सुनिल नरिनले सर्वाधिक ४४ रनको जोडे । यस्तै, क्विन्टन डिककले २३ तथा कप्तान अजिङ्क्य रहाने २० र रिंकु सिंह १५ रनमा अविजित रहे । 

चेन्नाईका अन्सुल कम्बोज र नूर अहमदले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १०३ रनको झिनो योगफल तयार पारेको थियो । चेन्नाईका लागि शिवम् दुबे ३१ रनमा अविजित रहे । यस्तै, विजय शंकरले २९, राहुल त्रिपाठीले १६ र डेभन कनवेले १२ रनको योगदान दिए ।

समन्धित समाचार