दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग गरेका छन
शुक्रबार, २९ चैत २०८१ | काठमाडौँ
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंको बिनासर्त, तत्काल रिहाइको माग गर्दै विज्ञप्ति जारी गरेको छ।
महाअभियानको संगठन विभागका सचिव प्रेमदिप लिम्बुले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन् कि अध्यक्ष प्रसाईंले देश र जनताको हितका लागि मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा र कानुनविद्को सल्लाहअनुसार स्वेच्छाले गिरफ्तारी दिएका थिए। तथापि, उनले प्रहरी प्रशासनबाट दुर्व्यवहार भएको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखकको राजीनासमेत माग गरेका छन्।
विज्ञप्तिमा प्रसाईंको स्वास्थ्य र जीवन रक्षाको माग गरिएको छ। महाअभियानले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार विचार अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न राज्यसंयन्त्रलाई आग्रह गरेको छ।
जनकमाण्डरको भूमिकामा समेत सक्रिय रहेका प्रसाईंलाई पछिल्लो समयमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई भारतबाट नेपाल ल्याइएको थियो र हाल काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनलाई विरुद्ध अपराध दर्ता किताबमा तीन वटा मुद्दा दर्ता गरिएको छ भने थप अनुसन्धानका लागि १२ दिनको म्याद समेत थप गरिएको छ।
यसबीच, प्रसाईंले आफू डराएको नरहेको बताउँदै यो तस्करविरुद्धको लडाइँ भएको बताएका छन्।





