आजको मौसम : कोशी, मधेस र बागमती प्रदेशमा बर्षाको सम्भावना

106 1

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउनेछ । 

समन्धित समाचार