अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन बालबालिकासहित ६ जना रहेका छन् ।
ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन् । उनीहरू एकै परिवारका सदस्य रहेको सञ्चारमाध्यमले जनाएको छ । पाइलटको पनि मृत्यु भएको न्यूयोर्क शहरका मेयर एरिक एडम्सले जानकारी दिए । सार्वजनिक भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र हडसन नदीमा खसेको देखिन्छ ।
संघीय उड्डयन प्रशासन (एफएए) ले हेलिकप्टरको दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने बताएको छ । यसअघि २०१८ मा उक्त नदीमा पर्यटक सवार हेलिकप्टर दुर्घटना हुँदा पाँच जना यात्रुको मृत्यु भएको थियो । २००९ मा इटालियन पर्यटक बो