माइतीघर मण्डलामा शिक्षकको प्रदर्शन

609

 विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा र्‍याली निकालेका छन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।

नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौं आएका हुन् ।महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।

समन्धित समाचार