आजबाट पुनः काठमाडौँ केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

503

देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्ने भएका छन् ।

माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ ।

अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुनेछन् । 

समन्धित समाचार