महानगरपालिकाको जरिवाना पत्र बुझ्न निर्मल निवासले गर्‍यो अस्वीकार

nirmal niwash ma mahanagar 2

काठमाडौँ – निर्मल निवासले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ।

कार्यक्रम आयोजक निर्मल निवास नभएकाले आयोजकलाई पत्र बुझाउन निबासको सचिवालयका सदस्यहरूले महानगरबाट खटिएका कर्मचारीलाई आग्रह गरेको थियो।

महानगरपालिकाको टोली पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकिएको ७ लाख ९३ हजार जरिवाना गरिएको पत्र लिएर निर्मल निवास पुगेको थियो। पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको छ।

गत शुक्रवार राजावादीहरूको प्रदर्शनको क्रममा भएको फोहोर र तोडफोड र दमकल प्रवेश गर्न नदिइएको विषयमा महानगरले ७ लाख ९३ हजार जरिवाना तोकेको छ।

समन्धित समाचार