जरिवानापत्र लिएर निर्मलनिवास जाँदै महानगरको टोली 

7 7

 काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आज निर्मलनिवासमा बुझाइने भएको छ ।

निर्मलनिवासमै पुगेर जरिवानापत्र बुझाउने तयारी रहेको महानगरले जनाएको छ । महानगरले विभिन्न शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।शुक्रबार राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक–एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकोमा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो थियो भने महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।

समन्धित समाचार