आइपीएल: मुम्बईमाथि चेन्नईको सानदार जित

2 6

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ ।

आइपिएलको १८ औं संस्करणको तेस्रो खेलमा चेन्नर्ईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो । मुम्बईले दिएको  १५६ रनको लक्ष्य चेन्नर्ईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा ग¥यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे ।

उनले  ४५ बलमा २ चौका र ४ छक्का हाने ।कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन् ।महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन् ।

बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक÷एक विकेट लिए ।पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए ।  उनले ४१ बलमा २ चौका र २ छक्का हाने ।  कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए ।

समन्धित समाचार