आइतबार साउदी अरेबियाको रियादमा अमेरिकी र युक्रेनी प्रतिनिधि मण्डलबीच भेटवार्ता हुने भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको वार्ताबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल एक्समा सो कुराको पुष्टि गरेका हुन् ।
अधिकारी तथा प्राविधिक विज्ञबीचमा भेटघाट हुने जनाइएको छ । अमेरिकाले सोमबार रुससँग वार्ता गर्ने योजना बनाएको छ। २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्ध तेस्रो वर्ष पुरा भइसकेको छ।