प्यूठान क्याम्पस खलंगा प्यूठानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेविसंघका प्रमोद ओली विजयी भएका छन् ।
अनेरास्वियुका रूद्रमणि भुसाललाई १२ मतान्तरले पराजित गर्दै ओली विजयी भएका हुन् । ८० मत खसेकोमा नेविसंघका ओलीले ४६ मत ल्याए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका भुसालले ३४ मत प्राप्त गरे ।
यस्तै नेविसंघकै सावित्रा नेपालीले ४२ मत ल्याएर सचिवमा विजयी भइन् । उनको प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुशीला पुनले ३४ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा खिमाकुमारी घर्तीमगरले ३९ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकी उम्मेदवार सिता सुनारले ३४ मत ल्याइन् ।
त्यस्तै सदस्यहरूमा नेविसंघकी अनुष्का शाहीले ४४, आरती थापामगरले ४२ मत र जुना कसाइले ४४ मत प्राप्त गरी विजयी भए । अनेरास्ववियुका अनिता थापाले ३६ मत, मन्दिरा थापाले ३८ र शिक्षा केसीले ३६ मत प्राप्त गरे । १०५ मतदाता रहेको क्याम्पसमा ८० मत खसेको थियो ।





