काठमाडौंमा उपचार गर्न आउने बिरामीहरूका लागि नि:शुल्क बसोबास र खानपान सेवा उपलब्ध रहेकाे छ।
नेपालमा स्वास्थ्य उपचार गराउन राजधानी काठमाडौं आउनुपर्ने धेरै बिरामीहरूलाई बसोबास र खानपानको समस्या हुने गरेको छ। विशेष गरी आर्थिक रूपमा कमजोर रहेका बिरामी, महिला, र बालबालिकाहरूका लागि यो समस्या झन् जटिल हुन सक्छ। यही आवश्यकतालाई ध्यानमा राखी नेपाल युथ फाउन्डेसन नेपाल ले NLC-Transit Home (नवजीवन केन्द्र) स्थापना गरेको छ।
सेवा सुविधाहरू
✅ बिरामीहरूका लागि १००% नि:शुल्क बसोबास
✅ बिरामीसँगै आएका अभिभावक वा कुरुवाका लागि नि:शुल्क खानपान व्यवस्था
✅ सुरक्षित र स्वच्छ वातावरणमा २-३ हप्तासम्म बस्न सकिने सुविधा
सेवा स्थल
📍 नवजीवन केन्द्र, ललितपुर २६, सुनाकोठी
(पोषण पुनर्स्थापना गृह परिसर)
सम्पर्क जानकारी
📞 फोन नम्बर:
- ९४९२४९३५७
- ०१-५५७४८१७
📧 इमेल: nrh@nepalyouthfoundation.org.np
यस सेवा मार्फत उपचारका लागि काठमाडौं आउनुपर्ने तर आर्थिक कठिनाइ झेलिरहेका बिरामीहरूलाई राहत मिल्नेछ। यदि तपाईं वा तपाईंको कुनै आफन्तलाई यस्तो सहयोग आवश्यक छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।





