रुखले च्यापेर दुई जनाको मृत्यु

104

भैरवी गाउँपालिका-५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर सुक्रबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापेर दुवै जनाको मृत्यु भएको स्थानीय देवीराम आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो ।।

समन्धित समाचार