सप्तरीमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते

breaking news of saptari

सप्तरी, फाल्गुन २९ – सप्तरीको राजविराज नगरपालिका-७ सिरहा रोडमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। बुधबार साँझ ७ बजे उनीहरूमाथि छुरा प्रहार भएको हो।

प्रहरीका अनुसार घाइते हुनेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ ब्रहपुरका २२ वर्षीय सुभाष यादव र २६ वर्षीय सुनिल यादव रहेका छन्। स्थानीयका अनुसार अपरिचित व्यक्तिले एक्कासी उनीहरूमाथि छुरा प्रहार गरेर फरार भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार छुरा प्रहारबाट दुबै जनाको पेटमा गम्भीर चोट लागेको छ। घाइतेहरूको तत्कालै उद्धार गरी राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार दुबै जनाको अवस्था चिन्ताजनक छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको बताएको छ। घटनाको गहिरो अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सुरक्षालाई मध्यनजर गर्दै घटनास्थल र आसपासको क्षेत्रमा कडाइ गरिएको छ।

स्थानीयबासीले अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्। सप्तरीमा पछिल्लो समय अपराधका घटनाहरू बढ्दै गएका छन्, जसले आमनागरिकमा त्रास फैलिएको छ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ।

समन्धित समाचार