नेपाल क्रिकेट सङ्घ (CAN) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको वार्षिक करार सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचीमा खेलाडीलाई प्रदर्शनका आधारमा विभिन्न ग्रेडमा विभाजन गरिएको छ । १ लाख रुपैयाँ मासिक पारिश्रमिक पाउने ग्रेड ‘A’ मा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख छन् ।
यस्तै मासिक ७० हजार रुपैयाँ पाउने ग्रेड ‘B’ मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललित राजवंशी र अनिल साह रहेका छन् ।
ग्रेड ‘C’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । यो ग्रेडका खेलाडीले मासिक ५५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।
ग्रेड ‘D’ मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतीश जिसी अविनाश बोहरा, मयन यादव छन् । यो ग्रेडका खेलाडीले मासिक ३५ हजार पाउनेछन् ।
उदीयमान खेलाडीले पनि मासिक २५ हजार रुपैयाँ पारिश्रमिक पाउने क्यानले जनाएको छ । यो समूहमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेस सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, सन्तोष यादव छन् ।
नेपाल क्रिकेट सङ्घले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक पारिश्रमिक प्रदान गर्दै आएको छ । यस करार सूचीले राष्ट्रिय टोलीका खेलाडीलाई आर्थिक सुरक्षाका साथै उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहन गर्ने क्यानको अपेक्षा छ ।