स्ववियु निर्वाचन: नेविसंघले २९ र अनेरास्ववियुले २५ क्याम्पसमा निर्विरोध

आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार सम्पन्न उम्मेदवारी दर्तामा विभिन्न क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ। प्रमुख तीन विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, र अनेरास्ववियु क्रान्तिकारीले विभिन्न क्याम्पसमा निर्विरोध अध्यक्ष जितेको दाबी गरेका छन्।

अनेरास्ववियुले जितेका प्रमुख क्याम्पसहरू:

  • माडव्य क्याम्पस, पाल्पा – सौगात कोइराला
  • शिक्षा क्याम्पस, बैतडी – अकबर चन्द
  • संखुवासभा बहुमुखी क्याम्पस – चेतन भण्डारी
  • तेज निरला क्याम्पस, मुस्ताङ – अन्जु परियार
  • नवप्रभात क्याम्पस, बैतडी – सपना चन्द
  • बझाङमा सेती क्याम्पस – दिपेन्द्र दौल्याल
  • दार्चुलाको लटिनाथ क्याम्पस – रुकेश सिह विस्ट
  • धनकुटा बहुमुखी क्याम्पस – युवा तिमिल्सिना
  • गुल्मी मादिगाम आदर्श बहुमुखी क्याम्पस – उषा पाण्डे

नेविसंघले जितेका प्रमुख क्याम्पसहरू:

  • पाथीभरा क्याम्पस, ताप्लेजुङ
  • एकताप्पा बहुमुखी क्याम्पस, पाँचथर
  • गोकुण्डेश्वर क्याम्पस, धनकुटा
  • चैतन्य क्याम्पस, काभ्रे
  • जलबिरे उपत्यका क्याम्पस, सिन्धुपालचोक
  • त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
  • चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी
  • सदाशिव बहुमुखी क्याम्पस, बर्दिया
  • श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुर

अखिल (क्रान्तिकारी) द्वारा जितिएका प्रमुख क्याम्पसहरू:

  • जुगल बहुमुखी क्याम्पस, सिन्धुपालचोक – सुस्मिता श्रेष्ठ
  • सितल क्याम्पस, चौरजहारी, रुकुम पश्चिम – प्रकाश डाङी
  • नेत्रावती सामुदायिक क्याम्पस, धादिङ – अभिषेक थपलिया
  • शान्ति आदर्श बहुमुखी क्याम्पस, बझाङ – बम धामी
  • सूर्योदय क्याम्पस, हुम्ला – रिमिलाल बुढा
  • सिम्रुतु क्याम्पस, रुकुम पश्चिम – दिपेन्द्र ओली
  • प्रभा क्याम्पस, काभ्रे – सुजन चौलागाईं
  • सिद्ध पृथ्वी जनता क्याम्पस, दाङ – सुदीप चौधरी
  • रोल्पा नमुना क्याम्पस – ओनसरी घर्तीमगर
  • लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी