फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ

Philippine President Rodrigo Duterte

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन।

काठमाडौं, २७ फागुन २०८१ – फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन्। ७९ वर्षीय दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको न्यूयोर्क टाइम्सले जनाएको छ।

ड्रग्सविरुद्धको युद्ध र आईसीसीको अनुसन्धान

सन् २०१६ मा सत्ता सम्हाल्दा दुतेर्तेले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए। उनले लागूऔषध नियन्त्रण अभियानलाई ‘ड्रग्सविरुद्धको युद्ध’ को रूपमा अघि बढाएका थिए, जसका क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए। मानव अधिकारवादी समूहहरूले दुतेर्तेले गैरन्यायिक हत्या गराएको आरोप लगाउँदै आएका थिए।

यस विषयमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अनुसन्धान गरिरहेको थियो। यसअघि सीमित संख्यामा व्यक्तिहरूलाई दोषी ठहर गरी पक्राउ गरिए पनि दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए

हङकङ भ्रमणबाट फर्किने क्रममा पक्राउ

दुतेर्ते हङकङमा आगामी मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्‍यालीमा सहभागी हुन गएका थिए। उनी त्यहाँबाट फिलिपिन्स फर्किए लगत्तै मनिला अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन्

यसअघि उनले आईसीसीले पक्राउ पुर्जी जारी गरे आफू गिरफ्तारी दिन तयार रहेको बताएका थिए।

दुतेर्तेको प्रभावशाली राजनीतिक यात्रा

सन् २०२२ मा सत्ताबाट बाहिरिएपछि पनि दुतेर्ते फिलिपिन्समा एक प्रभावशाली राजनेता मानिन्छन्। उनका समर्थकहरूले उनलाई देशको कानूनी प्रणाली सुधार गर्ने नेताका रूपमा समर्थन गरिरहेका छन्, तर आलोचकहरूले उनलाई मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्

उनको गिरफ्तारीपछि फिलिपिन्समा राजनीतिक माहोल तातेको छ, र समर्थक तथा विरोधीहरूबीच बहस सुरु भएको छ। सरकारले दुतेर्ते विरुद्ध कानूनी प्रक्रिया अघि बढाउने संकेत दिएको छ।

समन्धित समाचार