यस्तो छ आज सुनको मूल्य

gold 780x470 1

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ४ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२३० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

समन्धित समाचार