प्रदेश २ प्रमुख मिश्रद्वारा पद तथा गोपनीयताको शपथ

president

काठमाडौं, १ भदौ- प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मंगलबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रदेश प्रमुख मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा १६७ बमोजिम सपथ ग्रहण लिइएको जनाएको छ ।

सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको उपस्थिति थियो ।

समन्धित समाचार